फोनिज मोरङको छैटौं अधिवेशन सम्पन्न , अनिल श्रेष्ठ अध्यक्ष चयन

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ ०१, २०८१

२५१०  पटक हेरिएको

मोरङ।विराटनगरका क्रियाशिल युवा पत्रकार अनिल श्रेष्ठलाई अध्यक्ष चयन गर्दै नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको छैटौं अधिवेशन सम्पन्न भएको छ ।पथरीशनिश्चरेस्थित हरियाली सामुदायिक वनको सभाहलमा शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बिजय खम्बू राई , सचिवमा विद्यानन्द चौधरी, सह-सचिवमा संगीता राई र राजेश राजवंशी , कोषाध्यक्षमा सुरन्जन लिम्बू सर्वसहमत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई, सञ्जय राजवंशी चयन भएका छन् भने लेखा समितिको संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बूलाई गरिएको छ ।

आयोजक समितिका संयोजक दिनेश सुब्बाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगरका प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यता रहेको थियो ।उद्घाटन कार्यक्रममा फोनिज संघीय अनुशासन आयोगका प्रमुख अर्जुन जम्नेली राई , संघीय सदस्य सुजता लिम्बू , मोरङ जिल्ला इन्चार्ज भक्तशेर लिम्बू , प्रदेश सदस्य खनेन्द्र राई (अर्जुन), नेपाल पत्रकार महासंघ मोरङका पूर्व जिल्ला कार्यवाहक अध्यक्ष मोहन भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष समेत रहेका प्रेस चौतारी मोरङ जिल्ला अध्यक्ष सुदिप कोइराला, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष बेदराज पौडेल , नेपाल पत्रकार महासंघका प्रदेश सचिव समेत रहेका समाजवादी प्रेस संगठनका नेता धुर्व भट्टराई , प्रेस मञ्च जिल्ला अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!