महानगरद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ ०८, २०८१

१२६६  पटक हेरिएको

विराटनगर।विराटनगर महानगरपालिकाले वडा नम्बर १८ का सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयको ९ लाख बजेटबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा जनक आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रममा ५ वटा विद्यालयका ९ सय २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो । वडाका जनक आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, विराट प्रावि, श्रीराम प्रावि र बिघी प्राविका ९ सय २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष जितेन्द्र साहले जानकारी दिनुभयो ।

कार्यक्रममा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्रकुमार साहलगायतले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई एकमुण्ठ कपडा हस्तान्तरण गरिएको थियो । प्रअमार्फत सबै विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ । जनक आधारभूतका विद्यार्थीलाई भने कार्यक्रमकै अवसरमा सोमबार नै वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयको भौतिक संरचनाको विकाससँगै गुणस्तर वृद्धिमा महानगरपालिका गम्भीर रहेको बताउनुभयो । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!