जिल्ला प्रहरी कार्यालय मोरङद्वारा न्यानो कपडा वितरण

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, माघ १२, २०८१

१०९९  पटक हेरिएको

रंगेली। मोरङ जिल्ला प्रहरी कार्यालयले अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरी सेवाको पहुँच बढाउन आयोजना गरेको कार्यक्रममा आज रंगेलीमा ७० घरधुरीलाई न्यानो कपडा वितरण गरिएको छ।

श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भएको यस कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनुभएको थियो। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक/विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायत २०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो।

गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान विराटनगरका अध्यक्ष एवं वरिष्ठ उद्योगपति, समाजसेवी जगदिश अग्रवालको सहयोगमा अल्पसंख्यक समुदायका ७० घरधुरीलाई न्यानो कपडा (कम्बल) वितरण गरिएको हो। यस कार्यक्रमले अल्पसंख्यक समुदायलाई राहत पुग्ने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!