न्यूरो अस्पतालमा बोटुलिनम टक्सिन थेरापी सत्र सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ १५, २०८१

१२३८  पटक हेरिएको

विराटनगर।न्यूरो अस्पतालले गत बिहीबार र शुक्रबार दुई दिने निःशुल्क न्यूरो ओपीडी क्याम्पको क्रममा बोटुलिनम टक्सिन थेरापी सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । निःशुल्क प्रदान गरिएको उतm थेरापी कोशी प्रदेशमै पहिलो पटक गरिएको हो । उक्त कार्यक्रम अमृता अस्पताल, फरीदाबाद, भारतको सहकार्यमा आयोजित गरिएको थियो ।

न्यूरो ओपीडी क्याम्पमा न्यूरो अस्पतालका बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्ट, बिशेषज्ञ न्यूरोलोजिष्ट डा. सुनन्द पौडेल, बरिष्ठ न्यूरो सर्जन डा. रोशन खतिवडा, बरिष्ठ न्यूरो सर्जन डा. सुनिल कुमार दास, बरिष्ठ न्यूरो सर्जन डा. आशिष जंग थापा, त्यसैगरि अमृता अस्पताल, फरिदाबाद भारतका बरिष्ठ न्यूरोलोजिष्ट डा. सन्जय पाण्डे लगायतको टिमले धेरै बिरामीहरूलाई न्यूरो सम्बन्धी बिशेष परामर्श गरेका थिए । क्याम्पको मुख्य आकर्षण बोटुलिनम टक्सिन थेरापी थियो, जुन विभिन्न न्यूरोलोजिकल अवस्थाहरू, जस्तै पुरानो माइग्रेन, मांसपेशी गतिविधि सम्बन्धी विकारहरूको उपचारमा प्रयोग गरिन्छ ।

निःशुल्क न्यूरो ओपीडी क्याम्प पछि आयोजित शुक्रबार साँझको सीएमइ९ऋःभ्० कार्यक्रममा बिराटनगर र कोशी प्रदेशका बिभिन्न स्थानबाट आएका चिकित्सकहरुको उल्लेखनीय सहभागीता रहेको थियो । ९ऋःभ्० कार्यक्रममा अमृता अस्पतालका बरिष्ठ न्यूरोलोजिष्ट डा. सन्जय पाण्डे, बरिष्ठ न्यूरो सर्जन डा. आनन्द बालासुब्रमण्यम, न्यूरो अस्पतालका बिशेषज्ञ न्यूरोलोजिष्ट डा. सुनन्द पौडेल लगायतका वक्ताहरूले न्यूरो उपचार सम्बन्धी नवीनतम प्रगतिहरुको बारेमा आफ्नो ज्ञान र अनुभवहरू साटासाट गरे ।

न्यूरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्टले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे र स्वास्थ्य सेवाहरूमा सुधार गर्ने महत्वमा जोड दिए । उनले अस्पतालको उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता र चिकित्सकीय अभ्यासमा निरन्तर नयाँ सोचको महत्वमा पनि जोड दिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!