पथरीशनिश्चरेको वडा नं २ का विपन्नले सित्तैमा खाद्यान्न पाउने

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ १५, २०८१

१२९७  पटक हेरिएको

पथरीशनिश्चरे ।मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं २ का अति विपन्न नागरिकहरुले रासन कार्डका आधारमा सित्तैमा खाद्यान्न पाउने भएका छन् । आज (सोमबार) वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि वडाका अति विपन्न परिवारलाई रासन कार्ड वितरणको थालनी गरेको हो । अबदेखि यो रासन कार्डका आधारमा वडाका विपन्न नागरिकले मासिक रूपमा १० देखि १५ केजि चामल निशुल्क प्राप्त गर्नेछन् ।

रासन कार्ड वितरण शुभारम्भ कार्यक्रममा वडाअध्यक्ष नैना राईले वडाका अति विपन्न २० परिवारलाई रासन कार्ड र चामल वितरण गरेका थिए । वडा कार्यालयले एक महिना अघि वडाका अति विपन्न नागरिकहरुलाई निशुल्क खाद्यान्न कार्डका लागि निवेदन दिन सार्वजनिक सुचना जारि गरेको थियो । प्राप्त निवेदनहरुका आधारमा स्थलगत अनुगमन गरि रासन कार्ड प्रदान गरिएको हो ।

वडाले अति विपन्न परिवारहरुलाई रासन कार्डको आधारमा प्रतिपरिवार मासिक रूपमा १० देखि १५ केजि चामल प्रदान गर्ने वडाध्यक्ष राईले बताए । उनले अति विपन्न परिवारलाई वडामा सम्पर्क गरि रासन कार्ड बनाउन आग्रह समेत गरेका थिए ।रासन कार्ड शुभारम्भ कार्यक्रममा वडामा पार्क निर्माण गर्न डेढ बिघा जग्गा निशुल्क प्रदान गर्ने जग्गा दाता पदम लिम्बुलाई सम्मान समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!