९२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ १५, २०८१

१६९६  पटक हेरिएको

विराटनगर।विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरमा ६२ जनाले फिजिसियन सेवा, ३५ जनाले नाक, कान घाँटी, ४० जनाले छाला र ४५ जनाले भिडियो एक्सरे सेवा लिएको महानगरको स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दीपक भट्टराईले जानकारी दिए ।

शिविरमा वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवलगायतले शुभकामना दिएका थिए । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!