नक्कली नोट सहित एक जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, माघ २०, २०८१

८००  पटक हेरिएको

सर्लाही।ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट सहित भारत सीतामढी पुरान्दा राजवाडा-९ बस्ने २७ वर्षीय मुकेश कुमार सोनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित किराना पसलमा मुकेश कुमारले सामान किने पश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!