विराटनगरमा सोरुम तोडफोड गर्दै गाडी चोरी, चोर र गाडी प्रहरी नियन्त्रणमा

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०८१

३८४१  पटक हेरिएको

विराटनगर-३ स्थित भक्स्वागनको शोरुमबाट बिहीबार राति चोरी भएको कार सुनसरीमा फेला परेको छ। चोरी गरेर भारततर्फ लैजान खोजिएको उक्त कार नेपाल-भारत सीमा नजिकै रोकी राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

स्थानीयले गाडीमा तेल सकिएर रोकिएको देखेपछि शंका गर्दै प्रहरीलाई खबर गरेका थिए। सोही सूचनाको आधारमा सक्रिय भएको प्रहरी टोलीले गाडी र घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको छ।

चोरीमा संलग्नमध्ये एक जना विराटनगर-४ निवासी युवक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने गाडी र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, मोरङ लगिएको छ।

प्रहरीले यस घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ। चोरी भएको गाडी चाँडै फेला पार्न प्रहरी परिचालन प्रभावकारी देखिएको छ। घटनाबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!