दलित महिला संघ (फेडो) को आयोजनामा मिडियाकर्मिहरुसंग अन्तरक्रिया

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, फाल्गुण ०४, २०८१

१६९६  पटक हेरिएको

विराटनगर।दलित महिला संघ (फेडो) को आयोजनामा आईतबार विराटनगरमा नेपालमा दलित महिला र बालबालिकामाथि हुने हिंसा न्यूनीकरणमा मिडियाकर्मिको भुमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

विराटनगरको बरगाछिस्थित होटल रुबिजमा आयोजित अन्तरक्रियामा मोरङ जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालमा दलित महिलाहरुको वर्तमान स्थितिका बारेमा फेडो कोशी प्रदेशका संयोजक नरबहादुर आहुजिले प्रस्तुतिकरण राखेका थिए ।

विभिन्न अध्यनहरुबाट प्राप्त तथ्यांकहरुको बारेमा छलफल गरिएको कार्यक्रममा सञ्चारकर्मीहरुबाट राखिएका जिज्ञासाहरुका विषयमा अन्तरक्रिया भएको थियो भने दलित महिलाहरुको क्षमता विकास गरि राज्यको मुलप्रवाहमा पुर्‍याउन चाल्नुपर्ने कदमहरुको विषयमा छलफल गरिएको थियो ।

फेडो मोरङकी अध्यक्ष शर्मिला परियारको अध्यक्षता रहेको कार्यक्रममा नेपालमा फेडोले सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरुबाट प्राप्त उपलब्धिहरुको बारेमा समेत जानकारी गराईएको थियो । कार्यक्रममा दलितका मुद्दाहरुलाई सम्बोधन गर्न सञ्चारकर्मीहरुले कसरी सहयोग पुर्‍याउन सक्छन् भन्ने विषयमा समेत छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!