
६०९ पटक हेरिएको

मोरङ। मोरङको रंगेली नगरपालिकामा सौन्दर्य कला व्यवसाय स्वतन्त्र संघले रंगेलीमा समिति गठन गरेको छ। रंगेली ७ स्थित रिना ब्युटी पार्लरमा एक कार्यक्रमको आयोजना गरी कमिटी गठन गरिएको हो। कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ नेपाल काठमाडौँका केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठ, जिल्ला सचिव जुली प्याकुरेल, रिना ब्युटी पार्लरकी सञ्चालक लगायतको उपस्थिति रहेको थियो।
रंगेलीमा पहिलोपटक सौन्दर्य कला व्यवसायीहरूलाई एकजुट हुनका लागि अहिलेसम्म मोरङको विराटनगर, उर्लाबारी, बेलबारी, लेटाङ, कानेपोखरी, पथरी तथा रंगेलीमा समेत समिति गठन भएको छ। रंगेलीमा भएको समिति गठनमा अध्यक्ष रीना शर्मा, उपाध्यक्ष खुम्बु मण्डल, सचिव नाजनी मियाँ, कोषाध्यक्ष नितु साह, सह-सचिव दुषमा राजवंशी, सदस्य गौरी शाह, र लालता राजवंशीसहित ९ सदस्यीय समिति गठन गरिएको छ।
केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठका अनुसार अहिले स्वास्थ्यका लागि सौन्दर्यता पनि महत्त्वपूर्ण रहेको र हरेक महिलाले आफ्नो नगरपालिका तथा वडासम्म पुगेर महिलाहरूका लागि नगरले छुट्याइएको बजेट अन्य व्यक्तिहरूले कामै नगरी रकमहरू नगरबाट लैजाने र महिलाहरूको पक्षमा कुनै पनि सहयोग र साथ नगरेकोले अहिले महिलाहरू पछाडि परेको उनले बताइन्। अब यो समितिले नगरभित्रको बजेट माग गरेर यस क्षेत्रका महिला दिदीबहिनीहरूलाई सौन्दर्यताको तालिम ल्याएर आत्मनिर्भर बनाउन जोडसमेत दिएका छन्।