काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको प्रधानमन्त्रीलाई आग्रह ‘नेपाली भएर बाच्ने आधार त दिनुस्’

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, फाल्गुण ०९, २०८१

२५७९  पटक हेरिएको

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन्। उनले छिमेकी मुलुक र मित्र राष्ट्रहरुले नेपाललाई हेपाह प्रवृत्तिले हेरिरहेको सन्दर्भ उल्लेख गर्दै यस्तो आग्रह गरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको वित्तीय संघीयताको लागि २० मिलियन डलर र जैविक विविधता संरक्षणका लागि १९ मिलियन डलर नेपालमा आएको खुलासा गरेका थिए। जसलाई ट्रम्पले फ्रडको संज्ञा दिएका थिए।

सोही प्रसंगलाई लक्षित गर्दै बालेनले लेखेका छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन । मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!