नेपाल किसान महासंघ, मोरङ क्षेत्र नं २ को अधिवेशनमा गोबिन्द लिम्बु सभापतिका बलियो उम्मेदवार

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, फाल्गुण १२, २०८१

१६७५  पटक हेरिएको

मोरङ। नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ, मोरङ क्षेत्र नं २ को अधिवेशनमा सभापतिका लागि गोबिन्द लिम्बु बलियो उम्मेदवारका रूपमा अगाडि आएका छन्। पथरीशनिश्चरे नगरपालिका वडा नं ६ निवासी लिम्बु लामो समयदेखि नेपाली कांग्रेसको संगठन विस्तारमा समर्पित रहँदै आएका छन्।

उनले विभिन्न निर्वाचनहरूमा पार्टीका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साविक हसन्दह गाविसमा नेपाल तरुण दलको सभापति रहँदा संगठनलाई मजबुत बनाउन उनले अतुलनीय योगदान गरेका थिए। वैदेशिक रोजगारीका क्रममा मलेसियामा समेत नेपाली जनसम्पर्क समितिको क्षेत्रीय सभापति भएर प्रवासी नेपाली कांग्रेसको सशक्त नेतृत्व प्रदान गरेका थिए।

नेपाल फर्किएपछि उनले गाउँमै कृषि फर्म सञ्चालन गर्दै बंगुर, कुखुरा पालन र तरकारी खेतीमार्फत व्यावसायिक कृषि क्षेत्रमा सक्रियता जनाउँदै कृषक समुदायलाई प्रेरित गर्दै आएका छन्। अब कृषकहरूको व्यवसायिक उन्नयन, उत्पादनको उचित मूल्य निर्धारण तथा वास्तविक कृषकहरूको हकहित सुनिश्चित गर्न लिम्बु नेपाल किसान महासंघ, मोरङ क्षेत्र नं २ को सभापति बन्न दृढ इच्छाशक्ति राखेर मैदानमा उत्रिएका छन्।

लिम्बुले नक्कली किसानहरूलाई महासंघबाट हटाई वास्तविक कृषकहरूको संगठन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पार्टीका सम्पूर्ण नेता, प्रतिनिधि तथा कृषक समुदायलाई आफ्नो पक्षमा मतदान गरी किसानहरूको हक अधिकार स्थापित गर्ने अभियानलाई सफल बनाउन आह्वान गरेका छन्।

उनको नेतृत्वले किसान समुदायको जीवनस्तर सुधार्ने र व्यावसायिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। कृषि पेशा अंगालेका अगुवा कृषक र भर्खरै यो पेशामा प्रवेश गरेका युवा कृषकहरूले सम्पूर्ण प्रतिनिधिहरूलाई लिम्बुलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!