नेविसंघ अध्यक्षमाथि सांघातिक आक्रमणप्रति कांग्रेस मोरङको भर्त्सना

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

३१८३  पटक हेरिएको

विराटनगर।मोरङको मेहेन्द्र आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सन्दर्भमा विद्यार्थीहरूसँग छलफल गर्न पुगेका नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सभापति सरोज पोखरेल लगायत बिद्यार्थी नेतामाथि भएको सांघातिक आक्रमणप्रति नेपाली कांग्रेस मोरङले कडा आपत्ति जनाएको छ।

नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गर्दै दोषीमाथि तत्काल कडा कारबाही गर्न माग गरेका छन्। विज्ञप्तिमा शैक्षिक संस्थाभित्रै विद्यार्थी नेतामाथि हातपात गर्नु निन्दनीय भएको उल्लेख गर्दै दोषी पहिचान गरी कानुनी कारबाहीको माग गरिएको छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग कांग्रेस मोरङले जोडदार माग गरेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!