
१४७३ पटक हेरिएको

बिराटनगर ।पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ शाखाको आयोजनामा आज वडा नं ६ मा क्षयरोग मुक्त नगरपालिका घोषणा अभियान अन्तर्गत वडास्तरिय समिति गठन गरिएको छ । नगरपालिकाले क्षयरोग मुक्त नगर घोषणा अभियानलाई तीव्रता दिँदै फाल्गुन २५ र २६ गते वडा नं ६ मा अभिमुखिकरण कार्यक्रमको आयोजना गरि वडास्तरिय समिति गठन गरेको हो ।
वडाका जनप्रतिनिधिहरु , महिला स्वास्थ स्वयंसेविका , विद्यालय तथा संघसंस्थाका प्रतिनिधिहरु , सञ्चारकर्मी एवम् समाजसेवीहरुको उपस्थितिमा वडास्तरिय समिति गठन गरिएको हो । वडा नं ६ का अध्यक्ष कृष्ण कुमार बस्नेतको अध्यक्षता रहेको समितिमा आधारभुत स्वास्थ केन्द्रका प्रमुख चन्द्रबहादुर राजवंशी सदस्यसचिव रहेका छन् भने सदस्यहरुमा विजय मण्डल , शान्ता थापा , उज्वलता बयलकोटि , बद्री कुमार निरौला , तारानिधि सापकोटा , रामकुमार परियार , कलादेवि अधिकारी , रमला घिमिरे , धनकुमारि तामाङ , अम्बिका घिमिरे , राधिका थापा , केदार थापा , गोविन्द लिम्बु , देवेन्द्र कुमार ढकाल , धर्मेन्द्र कुमार राजवंशी रहेका छन् ।
वडाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाको स्वास्थ शाखा अन्तर्गत क्षयरोग मुक्त अभियानका संयोजक मुकेश पौडेलले सहजीकरण गरेका थिए । पौडेलले समितिका सदस्यहरूलाई अभियानको कार्यान्वयन रणनीतिबारे जानकारी गराएका थिए । कार्यक्रममा वडा स्तरीय समितिले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरुको योजना समेत निर्माण गरिएको छ ।