लागूऔषधसहित दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

१६८७  पटक हेरिएको

मोरङ। बिराटनगर महानगरपालिका-१५, एक नम्बर ढाँटबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय १० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार बेलुकी लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-११ का २७ वर्षीय विशाल गुरुङ र सुनसरी इटहरी उपमहानगरपालिका-८ का १९ वर्षीय आर्यन राजधामीलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका विशाल गुरुङको साथबाट ८ ग्राम ४ सय ८० मिलिग्राम र आर्यन राजधामीको साथबाट २ ग्राम ८ सय ३० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!