नेपाल हातेमालो मञ्चद्वारा होली मिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, फाल्गुण २९, २०८१

३७४३  पटक हेरिएको

मोरङ। नेपाल हातेमालो मञ्चको आयोजनामा बिहीबार होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमका सभापति संस्थापक अध्यक्ष भावना गुरुङ रहनुभएको थियो भने प्रमुख अतिथि संघीय सांसद माननीय योगेन्द्र मण्डल हुनुहुन्थ्यो। समाजसेवी गोकर्ण भट्टराई, जीवन विकास समाजकी अध्यक्ष रिवाल मण्डल, कटहरी उद्योग वाणिज्य संघका अध्यक्ष अर्बिन शर्मा, पत्रकार तथा समाजसेवी वीरेंद्र शाह लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

संस्थापक अध्यक्ष गुरुङले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै संस्थाको आगामी गतिविधिहरूमा पनि निरन्तर साथ, सहयोग र माया गरिरहन आग्रह गर्नुभयो। कार्यक्रमका सचिव सोनु सरदारले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रकाश विश्वकर्मा र सुबेक थापाले गायन प्रस्तुति दिएका थिए। साथै, सदस्यहरूबाट नृत्य प्रस्तुति पनि गरिएको थियो।

नेपाल हातेमालो मञ्चले सामाजिक समरसता अभिवृद्धि गर्ने उद्देश्यका साथ होली पर्वको अवसरमा यस्तो कार्यक्रम आयोजना गरेको हो। आयोजक समितिले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!