कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

Logo
स्थानिय अवाज प्रकाशित बुधबार, कार्तिक १५, २०८०

३१९९  पटक हेरिएको

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय लिएको हो । मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा कुनै धारणा सार्वजनिक नगरेको र पहिचान पक्षधरहरूलाई बेवास्ता गरेको भन्दै जसपाले सरकारमा नजाने निर्णय लिएको हो ।

९३ सदस्यीय प्रदेश सभामा जसपाका १ सांसद रहेका छन् । निर्मला लिम्बू जसपाकी कोशी प्रदेशमा एकल सांसद हुन् । उनी तत्कालीन मुख्यमन्त्रीद्धय हिक्मत कार्की र उदव थापा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!