चट्याङ जोखिम न्युनिकरण तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

१७७३  पटक हेरिएको

विराटनगर।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा ३ कार्य दिनको “चट्याङ जोखिम न्युनिकरण तथा उद्दार (प्र.ज. देखि जु.प्र.अ.) अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक गोविन्द अधिकारीको प्रमुख आतिथ्यतामा बैशाख ५ गते कोशी प्रदेश प्रहरी कार्यलयको सभाहलमा उक्त तालिमको समापन भएको हो ।

तालिम समापनलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि अधिकारीले तालिमबाट सिकेका ज्ञान र सिपबाट उर्जा प्राप्त भएका प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा रहेका अन्य प्रहरी कर्मचारीहरु लगायत समुदाय प्रहरी साजेदारी कार्यक्रम मार्फत दिईने सचेतनामुलक कार्यक्रमहरुमा समेत चट्याङ जोखिम न्युनिकरण सम्बन्धी जानकारीहरु गराई चट्याङबाट हुने भौतिक तथा मानविय क्षतिलाई न्युनिकरण गर्नु पर्ने बताउनुभयो ।

साथै चट्याङका कारण मानवीय र भौतिक संरचनाको क्षेति भएको बखत उद्धार कार्यमा प्रयोग गरिने पोसाक तथा आवश्यक स्रोत साधानहरुको प्रयोग गरी तालिममा सिकेका ज्ञान र सिप बमोजिम कार्यन्वयन गर्न समापन भईजाने सम्पुर्ण प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिबेदन पेश गर्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका प्रहरी नायव उपरीक्षक सत्यनारायण जैसवाल, विद्युत प्राबिधिकरणका ई. प्रविन यादव लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो भने उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!