
९०५ पटक हेरिएको

बिराटनगर ।मोरङ र सुनसरीबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरी टोलीले मोरङको सुनबर्षी नगरपालिका-९ स्थितबाट वेवारिसे अवस्थामा कपडाको झोला भित्र राखेको अवैध लागूऔषध-Tramadol ५ हजार क्याप्सुल फेला पारी बरामद गरेको हो ।
त्यसैगरी सुनसरीको धरान-६ बाट सोहि स्थानका २६ बर्षीय राकेश परियार र २८ बर्षीय धर्मचन्द्र गिरीलाई २ ग्राम ३ सय १० मिलिग्राम ब्राउन सुगर सहित सुनसरीको प्रहरी चौकी पानबारीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।