गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, बैशाख १०, २०८२

६५१  पटक हेरिएको

विराटनगर।गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ ।विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुईदिने तालिम सम्पन्न भएको हो ।

सरकारी कार्यालयहरुमा पेश गरिने प्रस्ताव र प्रतिवेदनबारे प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको आयोजक गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले जानकारी दिइन् । विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन लेख्न नआउँदा संस्थाका पदाधिकारीहरुले धेरै नै दुःख पाउने गरेको उनको भनाइ थियो ।

तालिमपछि अब प्रस्तावकै कारण समस्या नआउने शर्माले बताइन् । महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेको तालिमको समापन मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका थिए । समापन समारोहमा प्रजिअ यादवसहित महानगरका मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, आयोजक संस्थाकी अध्यक्ष विष्णु शर्मालगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम र गैससकी उपाध्यक्ष सरिता लामिछानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा मोरङमा सञ्चालित विभिन्न गैसरकारी संस्थामा आबद्ध ७० जनाको सहभागिता रहेको गैससकी सहसचिव वाग्मती कट्टेलले जानकारी दिइन् । यसैबीच, गैसस मोरङकै आयोजनामा अर्धवार्षिक समीक्षा पनि सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!