
२०२४ पटक हेरिएको

विराटनगर।मोरङ,सुनसरी र इलामको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ११ गते विराटनगर महानगरपालिका-१५स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ केराबारी गाँउपालिका-१० का २२ वर्षीय बिर बहादुर तामाङलाई ३ ग्राम ९५ मिलिग्राम सहित पक्राउ गरेको छ ।
त्यसैगरी झापा मेचिनगर-६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले मोरङ मिक्लाजुङ-६ स्थाई वतन घर भई हाल झापाको दमक-८ की २८ वर्षीया मिना लिम्बु राईलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने इलामको इलाम नगरपालिका-६ स्थितमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले सोहि स्थानका २२ वर्षीय सन्तविर तामाङ,२९ वर्षीय बिजय नेम्बाङ लिम्बु, सन्दकपुर-४ का ३० वर्षीय चेत बहादुर गुरूङ इलाम-७ का २७ वर्षीय सुप्रिम देवान इलाम-८ का ३१ वर्षीय रोहित आलमलाई ३ ग्राम २५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।