
८३९ पटक हेरिएको

मोरङको रंगेली ८, दर्वेशामा गए राति ११:३० बजेतिर बिनोद पासवान र अमोद पासवानको घरमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार टिनको छानो र बाँसको टाटीबेरा भएको एकतले दुई घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, रंगेली नगरपालिकाको दमकल, कानेपोखरीको दमकल र स्थानीय बासिन्दाको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद, खसी र बाख्रा लगायत गरी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।