स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, बैशाख १५, २०८२

३४६  पटक हेरिएको

शिवराज नगरपालिका-५ ग्यालेक्सीटोल डेरा गरी बस्ने भारत बलरामपुर तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमारलाई स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय नेपाली रूपैयाँ र १६ हजार ५ सय ९० भारतीय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त रकम फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!