जसपा नेतृले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, बैशाख १८, २०८२

६२२  पटक हेरिएको

जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।बुधबार रातिदेखि फेसबुकमा भाइरल भइरहेको भिडियोमा जसपाकी केन्द्रीय सदस्य यादवले पेस्तोल पड्काएको दृश्य स्पष्ट देखिन्छ । भिडियो कहाँ र कहिले खिचिएको हो भन्ने स्पष्ट भने भइसकेको छैन ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–५ निवासी डा. यादव जसपा नेपालका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले भिडियोको विषयमा अनुसन्धान प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । ‘भिडियो मैले पनि हेरेँ, उहाँलाई बोलाएर त्यस विषयमा सोधपुछ गर्छौं,’ उनले भने ।

उनका अनुसार सोधपुछ र अनुसन्धानपछि मात्र थप विवरण स्पष्ट हुनेछ र त्यसपछि कानूनी प्रक्रिया अगाडि बढाइनेछ । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ निवासी डा. यादव जसपा नेपालका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले भिडियोको विषयमा अनुसन्धान प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । ‘भिडियो मैले पनि हेरेँ, उहाँलाई बोलाएर त्यस विषयमा सोधपुछ गर्छौं,’ उनले भने ।उनका अनुसार सोधपुछ र अनुसन्धानपछि मात्र थप विवरण स्पष्ट हुनेछ र त्यसपछि कानूनी प्रक्रिया अगाडि बढाइनेछ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!