आदर्श बिधालयले घरदैलाे अभियान सञ्चालन

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, बैशाख २१, २०८२

६०६  पटक हेरिएको

रंगेली। मोरङको रंगेली नगरपालिका-७ स्थित श्री आदर्श माध्यमिक विद्यालयले यही वैशाख २१ गतेदेखि भर्ना अभियान सञ्चालन गरेको छ। “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने मूल नाराका साथ भर्ना अभियान थालिएको हो। विद्यालयले बालवर्गदेखि कक्षा ९ सम्म भर्ना सुरु गरेको जनाएको छ।

शिक्षकहरूको २९ दिन लामो आन्दोलनपछि सरकारसँग सम्झौता भएर विद्यालय फर्किएका शिक्षकहरू अहिले विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिन गाउँघरमा पुगिरहेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक, शिक्षिका तथा कर्मचारीहरू घरघरमा पुगेर विद्यालय जाने तथा नजाने ४ वर्षदेखिका बालबालिकाका अभिभावकहरूलाई सम्झाई बुझाई विद्यालय पठाउन आग्रह गरिरहेका छन्।

सरकारले कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित नहोऊन् भन्नका लागि अभियान सञ्चालन गरे तापनि यस भेगका बालबालिका भने गरिबीकै कारण विद्यालय जान सकेका छैनन्। बर्सेनि शिक्षामा करोडौं रुपैयाँ खर्च गरे पनि त्यसको उपलब्धि नभएर बालुवामा पानी हाले जस्तै भएको छ।

२०४१ सालमा स्थापना भएको आदर्श माध्यमिक विद्यालयमा हाल १०० जना विद्यार्थीहरूले अध्ययन अध्यापन गरिरहेको विद्यालयका प्रधानाध्यापक विश्वशेर सिंह मेवाहाङले बताए। उनका अनुसार शिक्षक आन्दोलनको समयमा विद्यार्थीहरूले अध्ययन गर्न नपाएकोले आफूहरूले वर्षे बिदाबाट कट्टा गरेर अध्ययन गराउने समेत उनले बताए।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!