अवैध लागूऔषध सहित दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, बैशाख २२, २०८२

६६१  पटक हेरिएको

मोरङ।विराटनगर महानगरपालिका-१५ स्थित तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-५ बस्ने २५ वर्षीय समिर सुब्बा र २५ वर्षीय सुजन सुब्बा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!