सुनिताको गीत ‘जाली रुमाल’ सार्वजनिक

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, जेठ ११, २०८२

११५६  पटक हेरिएको

काठमाडौंँ । गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक गरिएको छ । श्रीमान् विदेशिएपछि श्रीमतीको मनमा उब्जने पीडारुपी भावनाहरु गीतको शब्दमा समेटिएका छन् । गीतमा शब्द तथा संगीत निलम रोजु राईको छ । गीतको एरेन्ज मनोज थापाले गरेका हुन् ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा उत्तम राई, अनुषा राई, अवि राई र सोवा तामाङको अभिनय छ । गीतको भिडियोले श्रीमान् रोजगारीको लागि घरबाट टाढा रहदा श्रीमतीमा कस्तो पीडा हुन्छ भनेर देखाइएको छ ।

किरण राइले निर्देशन गरेको गीतको भिडियो योगेन्द्र पेवाङ राइले निर्माण गरेका हुन् । तुलशा लिम्बुको छायांकन रहेको भिडियोमा सम्पादन सरोज खालिङ राईको रहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!