ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, जेठ १२, २०८२

४५०८  पटक हेरिएको

ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २/३ दिन देखि पटक/पटक ब्यूरोबाट खटि आएको असई भन्दै रकम मागेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!