
९५४ पटक हेरिएको

विराटनगर।मोरङ र झापाको विभिन्न स्थानहरुबाट प्रतिवन्धित औषधी र खैरो हिरोइन सहित ४ जनालई प्रहरीले पक्राउ गरेको छ । असार १ गते राती विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको उर्लाबारी नगपालिका-४ का ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाललाई खैरो हिरोइन २ ग्राम १ मिलिग्राम सहित पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २२ वर्षीय निजाम मियालाई १ ग्राम ४ सय ४० मिलिग्राम खैरो हिरोइन सहित र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले दमक-७ का १९ वर्षीय पुष्कर मगरलाई प्रतिवन्धित औषधी ६ सय २० चक्की सहित नियन्त्रणमा लिन सफल भएको हो ।