बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, आषाढ २३, २०८२

९८९  पटक हेरिएको

काठमाडौं।बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-८ अर्याल बस्ती बस्ने तेह्रथुम फेदाप गाँपालिका-१ लामथुम्बा घर भएका ४१ वर्षीय सुकबिर लुङवा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत ३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-८ अर्याल बस्तीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!