
२३८७ पटक हेरिएको

मोरङ ।मोरङको धनपालथान गाउँपालिका- १ स्थितबाट प्रहरीले ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको छ । असार २५ गते साँझ साढे ६ बजे लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका- १ स्थित गदिया खोला नजिकै रहेको उखुबारी भित्र २६ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा थप अनुसन्धान भईरहेको छ ।