
१०२५ पटक हेरिएको

विराटनगर ।झापा र सुनसरीबाट असार २६ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक झापाले गोप्य सूचनाकोआधारमा दमक नगरपालिका-४ का १९ बर्षीया प्रिया तामाङ, दमक-५ का १९ बर्षीय सुमित सुन्दास, २१ बर्षीय प्रविन चेम्जोङ र दमक-१० का २७ बर्षीय मनोज खनाललाई ३५० क्याप्सुल र ३५० चक्की सहित दमक-४ बाट नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ का २६ बर्षीय धिरेन राई र २७ बर्षीय धिरज मगरलाई २ ग्राम ब्राउन सुगर सहित इटहरी-४ स्थितबाट नियन्त्रणमा लिएको हो ।