
१८२६ पटक हेरिएको

कास्की।माछापुच्छ्रे गाउँपालिका-७ फेदी बस्ने ४१ वर्षीय बिनोद गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद मसेत ५ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।