जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, साउन ०३, २०८२

८११  पटक हेरिएको

काठमाडौं।चन्द्रागिरी नगरपालिका-११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका ४२ वर्षीय साईला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा साईला समेत १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार २  सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!