लागू औषध सहित ३ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, साउन ०६, २०८२

४८०  पटक हेरिएको

झापा।झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०४ गते झापाको दमक नगरपालिका- ५ स्थित लागू औषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारत विहारका २८ बर्षीय सुरज कुमार साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४२ ग्राम १७ मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३७ हजार ९०० रुपैया बरामद गरेसगै पक्राउ गरेको हो ।

त्यस्तै लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर नगरपालिका- ६ बाट अर्जुनधारा नगरपालिका- ५ का २५ बर्षीय अजय धिमाललाई २ ग्राम ब्राउन सुगर र मेचीनगर- ३ का ४३ बर्षीय हरिलाल न्यौपानेलाई उनकै घरबाट १ किलो ५२८ ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय नकलबन्दाले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!