लागू औषध सहित ४  जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, साउन ०९, २०८२

२५३३  पटक हेरिएको

विराटनगर।सुनसरी, झापा र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०७ गते विशेष सुचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटहरीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-८ की ४५ बर्षीय देव कुमारी थापा मगरलाई उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।

त्यसै गरी झापाको मेचीनगर-६ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले इलाम नगरपालिका-११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको ईनरुवा-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ का २२ बर्षीय साजन श्रेष्ठ र २३ बर्षीय कृष्ण मगरलाई ३ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!