आर्थिक बर्ष २०८१/०८२ मा २६ हजार ७०५ किलोग्राम भन्दा बढी लागूऔषध गाँजा वरामद 

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, साउन १०, २०८२

१२३४  पटक हेरिएको

१७ लाख ७२ हजार भन्दा बढी गाँजाको बोट नष्ट

विराटनगर।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेशमा लागूऔषध गाँजाको प्रयोग, बेचबिखन, ओसारपसारलाई नियन्त्रण गर्न तथा ओसारपसारमा संलग्न व्यक्तिहरुलाई कडाईका साथ कानूनी दायरामा ल्याउदै आएको छ । प्रहरीले चेकजाँचमा कडाई गरेकै कारण बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाएको सवारी साधन,  तरकारी बोक्ने गाडी, मोटरसाईकल लगायत साना ठुला सवारी साधनमा लुकाएर र कोशी नदीमा पानीमा बगाएर तथा जमिन मुनी गाडेर लुकाई छिपाई गरिने लागू औषध गाँजाको ओसार पसार, कारोवार  समेतलाई बिशेष सुचना तथा अनुसन्धानको आधारमा बरामद गर्न सफल भएको छ ।

बढ्दो लागू औषध गाँजाको ओसारपसार तथा  वेचबिखनलाई नियन्त्रण गर्न आक्रमकरुपमा परिचालन भएको प्रहरी टोलीले यस आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालय सुनसरीले १२ हजार ३७५ किलो ९२९ ग्राम, जिल्ला प्रहरी कार्यालय मोरङले ६ हजार ६५० किलो ४०० ग्राम, जिल्ला प्रहरी कार्यालय धनकुटाले ४ हजार १९४ किलो ३०० ग्राम, जिल्ला प्रहरी कार्यालय उदयपुरले १ हजार ८१० किलो ४८४ ग्राम, जिल्ला प्रहरी कार्यालय झापाले १ हजार ६५१ किलो २८२ ग्राम सहित बिभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा  २६ हजार ७०५ किलो ५३८ ग्राम ९७ मि.ग्राम गाँजा बरामद गरेको छ भने बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका १ सय ६५ जना पुरुष र २४ जना महिला सहित ओसार पसारमा प्रयोग भएको ३१ वटा चारपाङ्ग्रे सवारी साधन र ७५ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ ।

यसै गरी खेतबारीमा आफै उम्रेका तथा लगाएको गाँजाको बोट तथा बेर्नाहरु नष्ट गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले १२ लाख ५९ हजार बोट तथा बेर्ना, भोजपुरले २८ लाख ४६ हजार बोट तथा बेर्ना, उदयपुरले १६ लाख ८ हजार ५ सय बोट तथा बेर्ना, सोलुले २९ हजार ७ सय बोट तथा बेर्ना, खोटाङले २६ हजार २ सय बोट तथा बेर्ना  सहित बिभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा  २ हजार ४ सय ६४ रोपनी क्षेत्रफलमा लगाएको १७ लाख ७२ हजार भन्दा बढी गाँजाको बोट तथा बेर्नाहरु नष्ट गरेको छ ।

लागू औषध गाँजाको ओसार पसार,वेचविखन तथा गाँजाको बोट र बेर्ना नष्ट गर्ने कार्यमा प्रहरीलाई साथ र सहयोग प्रदान गर्न हुन तथा त्यस्ता कार्य भए गरेको थाहा पाएमा नजिकको प्रहरी तथा प्रहरी कन्टोलको नम्वर १०० मा फोन गरी सुचना प्रदान गरी दिन हुन सम्पुर्ण महानुभावहरुमा  कोशी प्रदेश प्रहरी विनम्र अनुरोध गर्दछ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!