प्रधानमन्त्रीद्वारा बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँटलाई बधाई

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन १९, २०८२

३१६३  पटक हेरिएको

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् “भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ ।

पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।”भारतको नोएडामा गए राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् । रासस

कमेन्ट गर्नुहोस्
error: Content is protected !!