आईजिपी खापुङ्गको दाबी : राजीनामा दिने आशयको अभिव्यक्ति दिएको छैन

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, आश्विन २४, २०८२

२६९२  पटक हेरिएको

काठमाडौ।नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले आफूले राजीनामा दिन्छु भनेर आएको समाचारलाई भ्रामक भनेका छन् । आज (शुक्रबार) प्रहरी महानिरीक्षकको सचिवालयले विज्ञप्ती जारी गर्दै खण्डन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र आफूबीच सुरक्षा चूनौतिहरुको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल भएको जनाईएको छ । आईजिपी खापुङ्गले कहीँ कतै राजीनामा दिने आशय झल्कने अभिव्यक्ति नदिएको पनि सचिवालयको दाबी छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!