कुमारी बैंक लिमिटेड र न्यूरो अस्पताल बीच विशेष छुट सम्बन्धी सम्झौता

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

४१२४  पटक हेरिएको

बिराटनगर। न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले हस्पिटलसँग दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौतापत्रमा न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर श्री राजेस भट्टराई र कुमारी बैंक लिमिटेडका प्रदेश प्रमुख श्री मनिश श्रेष्ठले हस्ताक्षर गर्नुभएको हस्पिटलका रिलेशनशिप अफिसर आर्यन गिरीले जानकारी दिनुभयो ।सम्झौतासँगै कुमारी बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई न्यूरो अस्पतालमा उपचार गर्दा ओपिडी सेवा, बेड चार्ज, ल्याव टेष्ट, एक्सरे, इन्डिस्कोपी, फिजियोथेरापी, सिटी इसक्यान, एमआरआई लागयत विभिन्न किसिमका स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् ।

बहुआयमिक उपचारमा ख्याती कमाएको अस्पताल आहिले सुपरस्पेसिएलिटी सेवाको लागी भरपर्दो गन्तब्य हुदैछ । साथै अस्पतालले विभिन्न संस्था संगको सहकार्यमा अस्पतालको सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउदैछ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!