१६४२ पटक हेरिएको
बिराटनगर । कोशी प्रदेशका पुर्व मुख्यमन्त्री केदार कार्कीले सिटी रिक्शा तथा ठेला रिक्शा चालकहरूले भोगिरहेका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। चालकहरूले दिनभरि घाममा बसेर ग्राहक कुर्दा पानी पिउने उचित व्यवस्था नभएको गुनासो गरेपछि कार्कीले यस समस्यालाई तत्काल सम्बोधन गर्ने बताएका हुन्। चालकहरूको यो आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै कार्कीले यस समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले सरोकारवाला निकायसँगको समन्वयमा चालकहरूलाई सहजता प्रदान गर्ने खालका नीति तथा कार्यक्रमहरू ल्याउने बताएका छन्। यसअघि पनि कार्कीले विराटनगरका विभिन्न क्षेत्रमा पुगेर जनताका समस्या सुनेका थिए। उनले जनताका समस्या समाधान गर्नका लागि आफू सदैव तत्पर रहेको बताउँदै आएका छन्।