अवैध लागूऔषधसहित दुई जना पक्राउ

Logo
स्थानिय अवाज प्रकाशित शुक्रबार, आश्विन ०५, २०८०

८०८  पटक हेरिएको

काठमाडौं । कैलालीको  गौरीगंगा नगरपालिका-४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र नगद १८ हजार ५ सय भारतीय रूपैयाँसहित बझाङ सुर्मा गाउँपालिका-४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान पुजारालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ७० ग्रामसहित सोही महानगरपालिका-२१ कृष्ती घर भई हाल सोही महानगरपालिका-१५ फुलवारी गैह्रगाउँ बस्ने १९ वर्षीय राजन विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!