नेपाल स्काउटको आधारभुत तालिम विराटनगरमा सम्पन्न

Logo
स्थानिय अवाज प्रकाशित बुधबार, आश्विन १०, २०८०

९८४  पटक हेरिएको

विराटनगर । नेपाल स्काउटको आधारभुत तालिम आज बुधबार सकिएको छ ।

विराटनगरको बहिरा मा.विमा भएको प्रशिक्षणमा नेपाल स्काउटको राष्टिय प्रशिक्षक नवलप्रसाद उपाध्यायले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो । सो तालिम स्काउटको ५५१ विटिसि ४०३ औ पिटिसि आधारभुत तालिम हो ।

तालिममा ३२ पुरुष र १७ महिला रहेका थिए ।  ५ रात ६ दिन संञ्चालन भएको सो तालिमका सहभागिलाइ विराटनगर महानगरपालिकाको कार्यबाहक मेयर शिल्पा निराला कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सो कार्यक्रम नेपाल स्काउट विराटनगर तदर्थ समितिको आयोजना र नेपाल स्काउट कोशी प्रदेश कार्यलयको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!