
१७४६ पटक हेरिएको

विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई आर्थिक अनियमितताको आरोपमा प्रहरी हेडक्वार्टर तानिएको छ। कार्कीमाथि आर्थिक अनियमिततामा संलग्न रहेको भन्ने गम्भीर आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोसेको हो।
कार्कीको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत एसपी राजन लिम्बुलाई मोरङको प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि, २०८० फागुन २ गते मोरङ सरुवा भएका कार्की ८ महिनामै फिर्ता भएका हुन्। प्रहरीमा सामान्यतः एक वर्षमा मात्रै इन्चार्ज सरुवा हुने प्रचलन छ।