सिरहाको बरियारपट्टीमा जिल्ला स्तरीय विज्ञान तथा कला प्रदर्शनी हुने

Logo
राम प्रेम यादव प्रकाशित शनिबार, साउन २७, २०८०

१३३३  पटक हेरिएको

बरियारपट्टी। सिरहा जिल्लाको बरियारपट्टीमा आउँदो कार्तिकमा जिल्ला स्तरीय विज्ञान तथा कला प्रदर्शनी हुने भएको छ । बरियारपट्टी युवा समाजले आयोजना गर्न लागेको सो बृहत विज्ञान तथा कला प्रदर्शनी कार्तिक २२ र २३ गते सम्म श्री जनता माध्यमिक विद्यालय प्राविधिक धार बरियारपट्टीको प्रङ्गणमा हुने आयोजकले बताए ।

संचारकर्मी संग कुरा गर्दै युवा समाजका अध्यक्ष प्रहलाद यादवका अनुसार हामी हाम्रा जिल्ला भरीमा रहेका बिधालयमा कक्षा ७ देखि १२ सम्म अध्यन्नरत विद्यार्थीहरुलाई सहभागि गराई प्रदर्शनी गर्न लागेका छौं । हामी हाम्रो जिल्लाका विद्यार्थीहरु मा रहेका शिप तथा कला यसै प्रदर्शनीको माध्यमबाट प्रस्तुत गराउन लागेको बताए । प्रदर्शनीमा विज्ञान, कला,सामाजिक, वातावरण साथै सांस्कृतिक बिद्यामा सहभागी जनाउँन सक्ने यादवले बताए ।

सबै विद्यामा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने छ । प्रदर्शनीका सहभागीले विज्ञानमा आफुले गरेको खोज तथा नयाँ अविष्कार वस्तुहरुलाई प्रदर्शन गर्नु पर्नेछ भने कला र सांस्कृतिकमा आफुमा भएको खुबी प्रदर्शन गर्न सक्ने युवा समाजका सुभचिन्तक बिमलेश यादवले बताए । हामीले बरियारपट्टी साथ साथै सिरह जिल्लालाई  विज्ञानको हवको रुपमा बनाउन चाहान्छौं । यसमा सबैका साथ र सहयोगको आवश्यकता पर्छ । हामी सबैका साथ र सहयोगको अपेक्ष राखेका छौं यादवले बताए ।

प्रदर्शनीमा सहभागि हुने हरेक विधाका प्रथम समूहलाई रु १५,०००, दोस्रोलाई १०,००० र तेस्रोलाई ८,००० सहित सहभागि सबै बिद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिने प्रदर्शनीका संयोजक ई. सन्तोष कुमार यादवले बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!