केही सहकारीका कारण सहकारी आन्दोलन नै बद्नामी भइरहेको छ : कोइराला

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, मंसिर ०१, २०८१

१४०५  पटक हेरिएको

विराटनगर । विराटनगर—१५ स्थित सामाजिक बचत ऋण तथा सहकारी संस्था लिमिटेडले असल बचतकर्ता र ऋणीहरुलाई सम्मान गरेको छ ।शनिबार १३ औं वार्षिक साधारणसभाको अवसर पारेर सहकारीले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा यादवकुमार खड्का, सलाउँदिन मिया, संस्कार गिरी, युएन साह, शीला चौधरी, अनिल महतो र शोभा देवीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आयोजक संस्थाका अध्यक्ष मित्रलाल गिरीलगायतले सम्मान गर्नुभएको थियो ।

नियमित बचत गर्ने र ऋणको साँवा र ब्याज तोकिएको समयभित्र तिर्नेहरुमध्येबाट उत्कृष्ट छनौट गरेर सम्मान गरिएको सहकारीका अध्यक्ष गिरीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी आन्दोलन नै बदनाम भएको बताउनुभयो ।

उहाँले बैंक र वित्तीय संस्थाको पहुँच नपुगेका स्थानमा सहकारीहरुले आमजनतालाई वित्तीय सेवा प्रदान गरिरहेको चर्चा गर्नुभयो । गलत गर्ने सहकारीलाई कारबाही दायरामा ल्याउने उहाँको भनाइ थियो । महानगरमा सहकारी मात्रै हेर्ने छुट्टै शाखा रहेको चर्चा गर्दै हरेक सहकारीका कामकारबाहीलाई महानगरले सूक्ष्म रुपमा हेरिरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सचिव फरियाज, विराटनगर १५ का वडाध्यक्ष प्रकाश साह, जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । २०६८ सालमा स्थापित सो सहकारीमा ४४८ जना शेयर सदस्य रहेका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!