मोरङको जहदा १ मा रहेका दुई मदरसालाई शैक्षिक सामग्री बितरण

Logo
स्थानिय अवाज प्रकाशित बुधबार, आश्विन २४, २०८०

७७८०  पटक हेरिएको

 बिराटनगर । मोरङ जिल्लाको जहदा गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई मदरसालाई शैक्षिक सामग्री बितरण गरेको छ ।

जहदा गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा बितरण गरीएको हो । जहदा गाउँपालिकाको वडा नम्बर १ मा रहेको कुल्हडिया स्थित मदीनतुल मदरसा र नजिकै रहेको आरिफ हुसैन मदरसा सहित मदरसामा अध्ययनरत विद्यार्थीलाइ शैक्षिक सामाग्रि उपलब्ध गराईएको हो ।

उक्त मदरसामध्ये मदीनतुल मदरसालाई अध्यापनका निम्ति २ थान हवाईट बोर्ड, मार्कर र डस्टर सहित अध्ययनरत ५३ विद्यार्थीलाई कपि र पेन्सिल उपलब्ध गराईएको हो।

त्यसैगरी आरिफ मदरसालाई तीन थान हवाईट बोर्ड र डस्टर तथा मार्कर सहित त्यहाँ अध्ययनरत १५० विद्यार्थीलाई कपि सहितका शैक्षिक सामग्री उपलब्ध गराईएको हो।

जहदा ३ का वडाध्यक्ष अनिलकुमार ठाकुरले मदरसाका प्रधानाध्यापक र विद्यार्थीलाई शैक्षिक सामाग्रिहरु हस्तान्तरण गरेका थिए। ३ नम्बर वडा कार्यालयले संचालन गर्दै आएको शिक्षित जहदा समृद्ध जहदा कार्यक्रम अन्र्तगत ति मदरसाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको वडाध्यक्ष ठाकुरले जानकारी गराए ।

त्यसैगरी स्थानीय युवा निसार अलि खानले यो कार्य त गाउँपालीकालाई गर्नु पर्ने हो तर वडा नम्बर ३ का वडा अध्यक्षले गर्दै हुनुहुन्छ । यो एकदमै खुशीको कुरा हो । यस्ता वडा अध्यक्षले भोलिको दिनमा पालीका अध्यक्षमा आउनु पर्छ । हाम्रो अनिल ठाकुर सर युवा तथा विकास प्रेमी हुनुहुन्छ । भोलिको दिनमा पालीका अध्यक्ष भएर आएमा जहदाको मुहार फेरीने खानले बताए ।

मदीनतुल मदरसाका प्रधानाध्यापक मोहम्मद अबु तालिब मियाँले श्रोत साधनको अभावमा पठनपाठन संचालन गर्नुपरिरहेको अवस्थामा प्राप्त शैक्षिक सामग्रीले अध्यापनमा सहज हुने बताए।

जहदा ३ नम्बर वडा कार्यालयले यसअघि जहदा १ कै बुधेश्वरी माध्यमिक विद्यालय र दुर्गा माविलाई समेत शैक्षिक सामग्री र लक्ष्मी अधारभुत बिद्यालय जहदा १ मा विद्यार्थीलाई पिटी खेलाउन सहज हुने उद्देश्यले साउण्ड सिस्टम समेत उपलब्ध गराएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!