रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, बैशाख २४, २०८२

११९२  पटक हेरिएको

काठमाडौं।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपेन्द्र महतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!