
७९८ पटक हेरिएको

विराटनगर।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । जेष्ठ ११ निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ ।
निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वहाँले प्रहरीले प्रदान गर्ने सेवा नागरिक मैत्रि, पिडित मैत्रि तथा सेवाग्राहीको हितलाई ध्यानमा राखी आम नागरिकमा प्रहरी प्रति विश्वास बढ्ने किसिमले आफ्नो जिम्मेवारीको बोध गरी भाईचारा, बन्धुत्व, भातृत्व भाव र अनुशासित तवरले सकारात्मक सोचका साथ आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम राख्न, पेण्डिङ् मुद्दाको सफल अनुसन्धान, भारतीय सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रण, लागूऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियानलाई तिब्रता, सवारी दुर्घटना न्यूनीकरणको लागी लापसे, मापसे तथा ट्राफिक चेकिङमा कडाई, अज्ञानताको कारण समाजमा घट्ने घट्नाहरुलाई न्यूनीकरण गर्न विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्न तथा बर्षातको समयमा हुने विपदका घटनाहरुमा तत्काल उद्दारकार्यमा आवश्यक उद्दार सामाग्री सहित परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रदेश प्रहरी प्रमुख कार्कीलाई सुनसरी जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।