सामुदायिक कुकुरको बन्ध्याकरणमा सहाराको गम्भीर लापरबाही

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, जेठ १४, २०८२

१३५२  पटक हेरिएको

विराटनगर।सहारा एनिमल केयर सेन्टर विराटनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दा गम्भीर लापरबाही गर्ने गरेको पाइएको छ ।बन्ध्याकरण गरेको कुकुरलाई पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म राख्नुपर्नेमा २–३ घन्टामै छाड्ने गरेको पाइएको छ ।

बन्ध्याकरणपछि पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म आइसोलेटमा राख्नुपर्ने, मासुलगायतका पोषिलो खानेकुरा खुवाउनुपर्नेमा त्यस नगरेको पाइएको विराटनगर महानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । विस्कुट र सामान्य हड्डी मात्रै दिएर शल्यक्रिया गरेको दुई तीन घण्टामै पठाउने गरेको पाइएको छ,’ यादवले भने । उनका अनुसार सहाराले जुन ठाउँबाट सामुदायिक कुकुर नियन्त्रणमा लिएको हो बन्ध्याकरणपछि सोही स्थानमा लगेर छाड्नुपर्नेमा अन्यत्रै लगेर छाड्ने गरेको छ ।

सहाराले फोहोर व्यवस्थापन पनि पनि गम्भीर लापरबाही गर्ने गरेको उनको भनाइ छ । सहाराको नियन्त्रणमा रहेका तीनवटा कुकुरको मरेपछि कम्पाउण्डभन्दा बाहिर फ्यालेको र स्थानीयले विरोध गरेपछि पुनः कम्पाउण्डभित्रै खाल्डो खनेर पुरेको यादवले बताए । बन्ध्याकरण गरिसकेपछि भित्री अरगेन्स (पार्ट) कम्पाउण्डभित्रै जलाएर दुर्गन्धित बनाएको भनेर स्थानीयबाट महानगरमा थुप्रै गुनासो आएको पशुपंक्षी शाखा प्रमुख यादवले उल्लेख गरे । यस विषयमा जानकारी लिन सहारा एनिमल केयर सेन्टरकी संस्थापक डा. रश्मी थापासँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!